अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानकाे सुरक्षा अवस्था बिग्रियाे : राष्ट्रपति घानी

काठमाण्डाै - अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानमा हिंसाका घटना बढ्दै गएका छन् । तालिबानले आफ्ना हिंसात्मक घटना र आक्रमणलाई बढाउँदै लगेको छ । पछिल्लो पटक लस्कर गाहसहित केही सहरमा तालिबान समूहले आक्रमण गरेको थियो । तर सरकारी सेनाले आक्रमणलाई विफल पारेको दाबी गरेको छ । सुरक्षा अवस्था सुधार गर्न अफगान सरकारले ६ महिने सुरक्षा योजना सुरुवात गर्ने घोषणा गरेको छ । अमेरिकी सेना अचानक फिर्ता भएपछि सुरक्षा अवस्था बिग्रेको भन्दै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चिन्ता व्यक्त गर्नुभएको छ । अमेरिकी नेतृत्वको उत्...