बागलुङ नगरका नौ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र)ले बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व आज देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । नगरका कूल १४ वडामध्ये बाँकी रहेका पाँच वडामा केही दिन भित्रैमा अधिवेशन हुने पार्टीको नगर कमिटीका अध्यक्ष इन्द्र केसी ‘पारस’ले जानकारी दिए । उनका अनुसार बागलुङ–१ मा सुरेन्द्र बोहोरा अध्यक्ष र रमेश थापा सचिव रहनुभएको २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । वडा नं २ मा सूर्य महतको अध्यक्षतामा