बुटवलमा आज प्रचण्ड–नेपाल समूहको विरोधसभा, प्रचण्ड-नेपाल सहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने

नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहीबार बुटवलमा प्रतिनिधिसभा विघटनका विरुद्ध बिरोध सभा गर्दैछ । पार्टीको केन्द्रीय विरोध कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बिरोध सभा गर्न लागेको हो । बिहान ११ः३० बजेदेखि पुष्पलाल पार्कमा सुरु हुने सभालाई पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, चक्रपाणि खनाल लगायत नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।  विरोध सभा अगाडि बुटवलका विभिन्न ठाउँबाट र्‍याली गरिने संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी...