गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, पर्यटन व्यवसायी निराश

बुटवल । उद्घाटन भएको ७ महिना बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन सकेको छैन । अन्तर्राष्ट्रिय उडान संख्या बढ्नु त परै जावस्, पछिल्लो समय आन्तरिक उडानहरु पनि रोकिएपछि पर्यटन व्यवसायीहरु निराश भएका छन् ।  गत जेठ २ गते अन्तर्राष्ट्रिय उडान उद्घाटनसँगै उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्सले हालै हुस्सुको कारण देखाउँदै उडान रोकेको हो । त्यस्तै हिमालयन एयरलायन्सले गत कात्तिक १७ देखि सुरु गरेको चार्टर उडान अहिले रोकेको छ ।  हुस्सुलाई कारण देखाए पनि यो विमानस्थलमा जडान गरिएको उपकरण अवतरण प्रणाली (इन्स्टु«मेन्ट ल्याण्डिङ सिस्टम) सञ्चालनमा नआउँदा अन्तर्राष्ट्रिय उडान ठप्प भएका हुन् । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जजिराले...