साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेकाे छ । याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ ।  याेसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलाे पटक हराएकाे छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपकाे...

सम्बन्धित सामग्री

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा !

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।   भारतमाथि नेपालकाे याे ऐतिहासिक जित हाे । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेकाे हाे । याेसँगै नेपाल पाँचौँ पट...