कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले चलाउने

दुई दशकपछि कृषि औजार कारखाना पुन: सञ्चालनमा आउने भएको छ । तर, कारखाना सरकारले नभई राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गर्ने भएको अर्थ मन्त्रालयले जनाएको छ । कारखाना पुन: सञ्चालनका लागि मंगलबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।गत ३१ भदौको मन्त्रिपरिषद् बैठकले […]