बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक

प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे खुल्ने क्रम बढेको होमस्टे एसोसिएसनले जनाएको छ । होमस्टे एसोसिएसन प्रदेश ५ का सचिव कृष्णलाल चौधरीका अनुसार होमस्टेप्रति पर्यटकको आकर्षण देखेर प्रदेशमा होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । हाल प्रदेश ५ मा ४५ वटा होमस्टे सञ्चालनमा छन् । तीमध्ये ३२ वटा सामुदायिक र १३ वटा निजी होमस्टे रहेको जनाउँदै सचिव चौधरीले तिनमा करिब तीन सय परिवारले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।