नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता मंगलबार सम्पन्न भएको हो। दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका...

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

काठमाडौँ,१३ मँसिर । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङगो लागेको हो । नेपाल राष्ट्र […]

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता

काठमाडौं, २७ जेठ । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् । मर्जरको क्रममा दुई बैंकलाई मिलाएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम राख्ने र स्वाप रेसीयो मेगाको […]

किन खुलेन नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार ?

फागुन ११, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी सम्झौता अस्वीकृति भएपनि दुबै बैंकको शेयर कारोबार भने रोक्का छ । दुबै बैंकले मर्जर प्रस्तावलाई स्वीकृति नदिने निर्णय गरिसकेपनि पनि शेयर कारोबार भने रोक्कानै रहेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।  यी दुई बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता भएको थियो । तर, हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मात्र मत प्राप्त भएको थियो । सभाका लागि तय गरिएको विशेष प्रस्तावमा उल्लेखित मर्जर सम्बन्धमा उपस्थित शेयरधनीहरुमध्य ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत हुने व्यवस्था थियो । यसर्थ हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जर पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेका कारण उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।  हिमालयन बैंकले मर्जर प्रस्ताव सभाबाट अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मर्जर प्रस्ताव पारितका लागि माघ ४ गते बोलाएको विशेष साधारण सभा समेत रद्द गरेको थियो । मर्जर प्रयोजनका लागि २०७८ साल बैशाख ३१ गतेदेखि दुबै बैंकको शेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबक्ता मुराहरी पराजुलीले दुबै बैंकले मर्जर प्रस्ताव अस्वीकृत गरेको समाचार आएपनि सम्बन्धित बैंकबाट लिखित जानकारी नआएकाले कारोबार रोक्कानै रहेको बताए ।  लगानीकर्ताले भने लामो समय आफ्नो सम्पत्ति बन्धक बनाएकोमा आक्रोस व्यक्त गरेका छन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरेले लामो समयपछि मर्जर प्रस्ताव अस्वीकृत गर्नु बैंकहरुको गैरजिम्मेवारी पन भएको उल्लेख गरे । मर्जरको नाममा लामो समय शेयर बन्धक बनाउनु लगानीकर्ताहरुको हक बन्चित गर्नु भएको भन्दै उनले आगामी दिनमा यस्ता प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्दा सम्बन्धीत निकायले निश्चित समयभित्र प्रकृया पुरा गर्नुपर्ने व्यवस्था थप गर्न उनले सुझाब दिएका छन् । कारोबार रोक्काका सम्बन्धमा थप स्पष्ट व्यवस्था नभए नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको जस्तो आगामी दिनमा अन्य बैंकहरुको सम्पत्ति पनि लामो समयसम्म बन्धक बन्नेसक्ने सम्भावनालाई उनले औल्याएका छन् । उता, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मर्जर अस्वीकृति प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी भैरहेको जानकारी दिए । लगानीकर्ताहरुकै इच्छाअनुसार डिमर्जरमा जान लागेको जानकारी दिदैं उनले लामो समय सदस्यहरुको सम्पत्ति बन्धक बनाउने बैंकको उदेश्य नभएको प्रष्ट पारे । राष्ट्र बैंकले डिमर्जरको प्रस्तालाई स्वीकृत दिएपछि मात्र दोस्रो बजारमा हाल रोक्का रहेको दुबै बैंकको शेयर कारोबार फुकुवा प्रकृया अघि बढ्ने जानकारी समेत उनले दिए ।

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित...

नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनी अवार्डबाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) युरोमनी अवार्ड ‘उत्कृष्ट बैंक नेपाल २०२१’ बाट सम्मानित भएको छ । बैंकले दोस्रोपटक यो अवार्ड पाएको हो । बैंकले यसअघि सन् २०१८ मा पनि युरोमनि अवार्ड प्राप्त गरेको थियो ।युरो म्यागाजिनले दिने यो अवार्ड वित्तीय क्षेत्रमा निकै सम्मानित मानिन्छ भने यो म्यागेजिन वित्तीय बजारमा विश्वभर प्रख्यात छ ।बैंकले यसअघि पाँचपटक ‘बैंक […]

नेपाल इन्भेष्टमेन्ट बैंक ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागेजिनले वित्तीय क्षेत्रमा उत्कृष्ट बैंकलाई वार्षिक रुपमा प्रदान गर्दै आएको यो अवार्ड निकै प्रतिष्ठित मानिन्छ । सन् १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ । । बैंकको गुणस्तरीय सेवा,

मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ / हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । एक आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पश्चात बैशाख