वैदेशिक रोजगारको पीडा: सुभाषलाई मृत्यु दर्ता प्रमाणपत्र घाँडो

मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङलाई आफ्नो मृत्यु नभइकन प्राप्त गरेको मृत्यु दर्ता प्रमाणपत्र यतिबेला घाँडो भएको छ । तीनै तहका सरकारले बैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋणको ब्यवस्था गरेका छन् । तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किनु भएपनि उहाँले कुनै पनि सीपयुक्त तालिम र सहुलियत प्राप्त गर्न सक्नु भएको छैन् । आफू जिवितै भएको प्रमाण जुटाउन उहाँ धेरै पटक सरकारी कार्यालय धाउनु भयो । तर, बिदेश (साउदीअरव)मा मरेर लाश झिकाउन मृत्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले उहाँले सजिलै जिवित भएको प्रमाणपत्र बनाउन नसक्नु भएको हो ।