९ दिनदेखि काठमाडौं उपत्यकामा उठेन फोहोर, संक्रमणको जोखिम बढ्यो

काठमाडौं उपत्यकाबाट सिसडोल ल्यान्डफिल साइटमा दैनिक १ हजार ३ सय टन फोहोर विर्सजन हुन्छ । महानगरपालिकाका २० वटा र निजी क्षेत्रका १२० वटा ट्रकले दैनिक रुपमा यहाँको फोहोर बोक्छन् । तर फागुन १ गतेदेखि काठमाडौंको फोहोर उठ्न छाडेको छ ।