विकास र समृद्धिकाे एजेन्डा एमालेसँग मात्र छ : रायमाझी

रोल्पा – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी ओरालो लागेको पार्टी भएको टिप्पणी गर्नुभएकाे छ ।  प्रेस चौतारी रोल्पाले आज बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेन्डा भएको पार्टी एमाले मात्र भएको बताउनुभयाे । ‘विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ’, उहाँले भन्नुभयाे, ‘एमाले विकासको पक्षमा छ भने अरू विनाशको पक्षमा छन् ।’ माओवादीतर्फ सङ्केत गर्दै नेता रायमाझीले भन्नुभयाे, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छ...