एनएमबि बैंकको युवा लक्षित बचत योजना

काठमाडौं (अस) । एनएमबि बैंकले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि यू–वाह डिजी सेभिंग्स्’ सार्वजनिक गरेको  छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली नागरिकले यो खाता खोल्न सक्नेछन् । बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर दिनुका साथै मेरो सेयर, डिम्याट र आस्बा निःशुल्क उपलब्ध गराउनेछ । त्यसैगरी योजनाअन्तर्गत बैंकले एनएमबि ओम्नीच्यानल बैंकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्डमा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र वार्षिक १,२०० सम्मको क्यास ब्याक योजनाजस्ता लाभ उपलब्ध गराउनेछ । बैंकले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।