बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले बिहीबार साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि बैंकहरुलाई बोनस सेयर वितरणमा प्रोत्साहन गरेको हो ।कार्यविधिमा ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । […]

सम्बन्धित सामग्री

सामुदायिक लघुवित्तको लाभांश संशोधन, १५ प्रतिशतमै सीमित

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । फागुन ९ गते अपराह्न ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १३ करोड २० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संशोधन गरी १५ प्रतिशतमा सीमित गरिएको छ । अब कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश दिने भएको हो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न कडाइ गर्दै आएको छ । १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने कम्पनीले ९५ प्रतिशतसम्म विभिन्न जगेडा कोषमा रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।   गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश दिने तयारी गरेको हो । यस अघि कम्पनीले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । राष्ट्र बैंकले स्वीकृत गरेको १५ प्रतिशत लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

जीवन विकास लघुवित्तले बोलायो साधारण सभा,कम्पनीले किन घटायो लाभांश ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।  गत चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय मोरङ्गमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजारको आधारमा १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई समेत कम्पनीले वितरणयोग्य बनाउँनेछ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधरामा चैत १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।यस वर्ष कम्पनीले गत वर्षको तुलनामा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले पहिलो पटक २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई लाभांश वितरणमा कडाइ गरेपछि कम्पनीले लाभांश घटाएर वितरण गर्न लागेको हो ।

बैंकले बाँड्न पाउने नगद लाभांशको सीमा हट्यो

१८ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्जन गरेको नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने भएका छन् । कोभिड–१९ सुरु भएसँगै नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेकोमा अब भने बैंकहरुले पूँजी पर्याप्तता अनुपातको विश्लेषण गरेर नगद लाभांश वितरण गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै […]

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।लाभांश संशोधन गरेर कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बीमा समितिले नगद लाभांशमा कडाइ गरेपछि इन्स्योरेन्सले बोनस सेयर दिने भएको हो ।कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित र बीमा समितिले पास गरेपछि मात्रै वितरण हुने छ