नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर : राजदूत पुरी - Naya Patrika

नेपालका लागि भारतीय राजदूत मन्जिबसिंह पुरीले नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएका छन् । मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटका क्रममा राजदूत पुरीले यस्तो बताएका हुन् । ‘उपराष्ट्रपतिसँगको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरद्वारा आग्रह

जेठ १८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधवार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि आफुहरुले सरकारसँग पहल गर्ने बताए । उनले भने, ‘बैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौं ।’ जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तरराष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापारराजदूत युताकासँग आग्रह गरे । जापानको निजी क्षेत्रसँग आफुहरुले सहकार्य गर्न चाहेकोअध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र जापानबीचको कूटनीतिक सम्वन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको छ । जापानले जाईकालगायत आफ्ना विभिन्न दातृ निकायहरु मार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । दुई मुलुकबीच आर्थिक सम्वन्ध पनि उच्च छ । यसलाई व्यवसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहन्छौं। ’ सरकारले बजेट मार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गर्न पनि राजदूतसमक्ष आग्रह गरे । राजदूतसँगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रवर्द्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तरराष्ट्रिय लगानीका लागि महत्वपुर्ण अवसर रहेको बताएका थिए ।  उक्त अवसरमा राजदूत युताकाले नेपाल र जपानबीचको दुईपक्षीय सम्वन्ध ऐतिहासिक भएको बताए । उनले भने, ‘दुई देशबीचको सम्वन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौं ।’ राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सवै तहमा सहकार्य जारी रहने प्रतिवद्धता समेत व्यक्त गरे  । नेपाल सरकारलाई जापान सरकारका तर्फबाट र आफ्ना दातृनिकाय मार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जापानको लगानी भित्र्याउनका लागि नेपालले आफ्नो अन्तरराष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ ।

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए।