पर्यटनलाई ८१ करोड बजेट प्रस्ताव

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०६७/६८ का लागि पर्यटन मन्त्रालयलाई ८१ करोड ३२ लाख रुपैयाँको बजेट छुट्याएको छ । अर्थ मन्त्रालयले यही बजेटसीमा भित्र रहेर कार्यक्रम तयार गर्न पर्यटनलाई आग्रह गरेको छ । दुवै मन्त्रालयबीच भएको छलफलमा अर्थले यो सीमा प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयले पर्यटन वर्ष २०११ का लागि २३ करोड रुपैयाँ दिने सैद्धान्तिक सहमति गरेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईका अनुसार पर्यटन वर्षका लागि ७ करोड रुपैयाँ सिलिङ बजेटबाट प्राप्त हुन्छ । बाँकी १७ करोड रुपैयाँ प्रस्तावित बजेटभन्दा बाहिरबाट उपलब्ध गराउन मन्त्रालय सहमत भएको हो । ‘अहिले हामी छलफलकै चरणमा छौं,’ भट्टराईले भने । प्रस्तावित बजेटमा पर्यटन पूर्वाधार विकासका लागि ५५ करोड रुपैयाँ छुट्याएको छ । बाँकी पर्यटन वर्ष र विकासका लागि खर्च हुनेछ । मन्त्रालयसमक्ष पर्यटन वर्ष २०११ को सचिवालयले पर्यटन वर्षका लागि ३२ करोड रुपैयाँ आवश्यक भएको जानकारी दिएको छ । यो रकम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्न माग गरिएको हो । अहिले नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटक प्रवर्द्धनमा वार्षिक करिब १८ करोड रुपैयाँ खर्च गर्दै आएको छ । यो खर्च बोर्डले आफ्नै आन्तरिक स्रोतबाट गर्दै आएको थियो । तर, पर्यटन वर्षमा व्यापक अन्तर्राष्ट्रिय प्रवर्द्धन गरिने हुँदा आन्तरिक स्रोतमात्र नपुग्ने सचिवालयको भनाइ छ । दश लाख पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रचार प्रसार गर्नुपर्छ । साथै अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा पनि ठूलै लगानी गर्नुपर्छ । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

सम्बन्धित सामग्री

हुम्लाबाट ४४ करोड बजेट फिर्ता

सिमकोट – हुम्लाबाट गत आर्थिक वर्षको ४४ करोड ३० लाख बजेट फिर्ता भएको छ। आर्थिक वर्ष ०७९/०८० को ४४ करोड ३० लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार असार मसान्तसम्म जिल्लामा आएको बजेटको ८० प्रतिशत रकम खर्च भएको छ। संघीय सरकारबाट तीन अर्ब ६६ करोड […]

चन्द्रकोट गाउँपालिकाको बजेट ५१ करोड

११ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि  ५१ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले १३ औं गाउँसभामा  ५१ करोड ३०  लाख ९७ हजार ४५ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । जसको चालू तर्फ ३४ करोड ४९ लाख ५५ हजार १ सय ४३ (६७.२३ प्रतिशत) रहेको […]

कर्णालीका तीन विमानस्थललाई ९ करोड बजेट

कर्णाली प्रदेशका तीन विमानस्थललाई थप सुविधासम्पन्न बनाउन संघीय सरकारले ९ करोड बजेट विनियोजन गरेको छ ।

गोदावरी नगरपालिकाको बजेट २ अर्ब ३७ करोड

काठमाडौँ । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ […]

पुर्चाैडी नगरपालिकाको बजेट ६५ करोड २२ लाख

पुर्चाैडी नगरपालिकाले ६५ करोड २२ लाखको रुपैयाँको बजेट ल्याएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि ६५ करोड २२ लाखको रुपैयाँको बजेट ल्याएको हो।...

टीकापुर नगरपालिकाको बजेट ८५ करोड

कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११औं नगरसभामा बैठकमा नगर उपप्रमुख खड्कबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँटमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपूरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।त्य

बराहक्षेत्र नगरपालिकाको बजेट ९४ करोड

सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कार्कीले आज दशौँ नगरसभामा आगामी आवका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।नगरपालिकाले आन्तरिक आय नौ करोड ५० लाख अनुमान गरिएको छ । संघीय सरकारबाट सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानीकरण अनुदान २१ करोड ४८ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट १५ करोड ९४ लाख २३ हजार, प्रदेशबाट वित्तीय र सशर्त गरी एक करोड ८१ लाख ४३ हजार गरेर जम्मा ९४ करोड द

मध्यपश्चिम विश्वविद्यालयको बजेट ५२ करोड

काठमाडौं, असार २३ । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत चालूतर्फ २७ करोड ४८ लाख र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत बिहीवार आयोजित एघारौं वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका रजिस्ट्रार […]

छायाँनाथ नगरपालिकाको बजेट ५६ करोड ८० लाख

मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि ५६ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख हरिजंग शाहीले नवौं बजेट सभामा संघीय सरकारको समानीकरणतर्फ १२ करोड ८१ लाख र सशर्त अनुदानतर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत गरेको छ । नवौं बजेट सभामा संघीयतर्फको राजस्व बाँडफाँडतर्फ ८ करोड ९१ लाख […]

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ५९ करोड

कञ्चनपुर। भीमदत्त नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले आज एक अर्ब ५९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। जसमा एक अर्ब ११ करोड चालु र ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। चालु वर्षमा नगरपालिकाले एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको थियो।