रामायणमा 'राम' बन्दै महेश बाबु, को बन्लान् रावण ?

बलिउडमा यतिखेर चलचित्र रामायणको चर्चा बाक्लिएको छ । यस चलचित्रमा राम र रावण को बन्लान् भन्ने विषय यतिखेर चासोमा  रहेको हो ।  निर्माता मधु मेन्टानाको ३ सय करोड मेगा बजेटमा निर्माण हुन लागेको यस चलचित्रमा शुरूका केही दिन ऋतिक रोशनको निकै चर्चा भयो । उनलाई रामको भूमिकामा राखिने चर्चा चलेको थियो । तर पछिल्ला दिनहरूमा राम अर्कै हिरोलाई बनाइने तयारी भएको भारतीय समाचार एजेन्सीहरूले बताएका छन् ।  रिपोर्टका अनुसार, साउथ फिल्ममा निकै चर्चित महेश बाबु रामायणमा राम बन्दैछन् । यस्तै ऋतिक रोशन भने रावण । ...