पृथ्वी राजमार्गको फिस्लिङमा सडक भासियो

चितवन, असार २० । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३० मिटर लम्बाई र १६ मिटरको चौडाइमा सडक भासिएको हो । सडक भासिएकाले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । निरन्तरको झरीले आइतबार बिहान सडक भासिएको हो ।

सम्बन्धित सामग्री

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक एकतर्फी संचालनमा आएको छ। सडक भासिँदा दिउँसो साढे १२ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो।...

पृथ्वी राजमार्ग बिस्तार कार्य

तनहुँ, १८ फागुन । पृथ्वी राजमार्ग सडक खण्डअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका क्षेत्रमा सडक बिस्तार कार्य गर्दै कामदार । राजमार्गको सडक बिस्तार कार्य तीव्रगतिमा भइरहेको छ । रासस

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ,१७ साउन । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला प्रहरी […]

चार घण्टापछि खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग

पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय चितवनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले बाटो खुलाएको हो। चितवनको इच्छाकामना गाउँपालिकाको नाग्दी खोलामा माथिबाट सुक्खा...

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग बन्द

चितवन – वर्षासँगै आएको पहिराेका कारण पृथ्वी राजमार्ग बन्द भएको छ । चितवनको इच्छाकामना ४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फ बन्द भएको हो ।     अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएकाे छ ।

सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं– सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । तनहुँको आबुखैरेनी ४ को सडक भासिएपछि शुक्रबार सबेरैबाट बन्द राजमार्ग दिउँसो अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । सडकको भित्ता काटेर बाटो खुलाइएको हो । साना सवारीलाई एकतर्फी आवागमन गर्न दिइए पनि ठूला सवारीलाई सो क्षेत्रमा प्रवेश दिइएको […]

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध बनेको हो।...

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, ६ असोज । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय […]

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक बन्द

काठमाण्डाै - मुग्लिन–नौबिसे सडक बन्द भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगीमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै बन्द भएको प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट टोली खटिएको छ । सडक विभागको टोली आवश्यक उपकरणसहित खटिएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने पनि उहाँले जानकारी दिनुभयो ।