नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका छन् । सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले गठबन्धन तीनै तहको निर्वाचनमा हुने बताए ।१२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए ।