दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

२ भदौ, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता […]