गोलाप्रथाबाट पेशी तोकियो तर न्याय सम्पादन हुन सकेन

काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुपस्थितिका कारण अन्योलका बीच सर्वोच्च अदालतमा बिहीबार गोलाप्रथाबाट पेशी तोकिए पनि न्याय सम्पादन हुन सकेन । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उपचार गराइराखेका प्रधानन्यायाधीश जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा पेशी तोक्ने कार्यमा अन्योल उत्पन्न भएको हो । प्रधानन्यायाधीशको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी कसको हो भन्ने प्रस्ट नहुँदा […]