एकीकृत समाजवादीमा खुल्न थाले सिन्धुपाल्चोकका नेता

सिन्धुपाल्चोक : नेकपा एमालेबाट विभाजित भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सिन्धुपाल्चोकका नेताहरू खुल्न थालेका छन्। मंगलबार काठमाडौं आयोजित उपलव्ध भेलामा नेता तथा कार्यकर्ताहरू समाजवादीमा खुलेका हुन्। सिन्धुपाल्चोकबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सिंहबहादुर विश्वकर्मा यसअघि नै सो पार्टीमा खुलिसकेका छन्। विश्वकर्माले नेकपा एकीकृत समाजवादी दर्ता गर्दा नै सनाखत गरेका थिए। राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी विभाजन भएपछि दल रोज्न पाउने अधिकार सुरक्षित गरेक