रञ्जन कोइरालाको मुद्दाबारे चोलेन्द्र : छोरा रोइकराई गरेकाले सजाय घटाएँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान २५ गतेसम्मका लागि स्थगित गरिएको छ । महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो । आइतबार तेस्रो दिनको बैठकमा राणाले ५ वटा प्रश्नको जवाफ दिएका थिए । योसँगै राणाले ४३ मध्ये ११ वटा प्रश्नको जवाफ दिएका छन् । आइतबार रन्जन कोइरालाको फैसलाबारे सोधिएको प्रश्नमा उनले २० वर्ष कैद घटाउनुपर्नाको कारणमा छोरा रोइकराई गरेको तर्क पेश गरेका थिए । ‘रञ्जन कोइरालाको मुद्दाका विषयमा न्यायधीशलाई व