कोशी गाउँपालिका-७ नेपाल भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पञ्चायत बलबदैपुर-६ बैरयाकमाल बस्ने मुकुम मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मियाँले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्धार गरेको हो ।
मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी ग...