नेपाल डिजिटल पेमेन्ट्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं (अस) । नेपाल क्लियरिङ हाउसले कार्यान्वयन गरिरहेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्सबीच सम्झौता भएको छ । सम्झौतामा एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौतापछि एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल पे क्यूआर स्ट्यान्डर्डबमोजिम तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरण ग्राहकलाई उपलब्ध गराइनेछ । विभिन्न भुक्तानीका लागि बिल र गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपकरण उपलब्ध हुनासाथ कार्यान्वयन गर्नेछ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईकामार्फत बैंक वित्तीय संस्था तथा गैरबैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा दिन सक्नेछन् । दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक काम अघि बढाइएको दुवै कम्पनीले बताएका छन् । एनडीपीसी नेपाल दूरसञ्चार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा स्थापित कम्पनी हो । एनडीपीसी देशका कुनाकाप्चासम्म मोबाइलको माध्यमबाट वित्तीय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने लक्ष्यसहित नमस्ते पे वालेटमा क्रेडिट कार्ड बिल भुक्तानी, डिटिएचको भुक्तानी, मोबाइल रिचार्जलगायत विभिन्न भुक्तानी गर्न सकिने सेवा उपलब्ध गराउंदै आएको छ ।

सम्बन्धित सामग्री

नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्व

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी)बीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्‍चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी