युरोप र अमेरिकामा सञ्चालन भइरहेको युरोकप–२०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टाबाजी गर्ने ८ जनालाई ३४ लाख ६५ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज। भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका-२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका-४ का ३१ वर्षीय सरोज […]
काठमाडौं– कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा […]
फिफा विश्वकप लगायतका खेलमा ३ करोड रुपैयाँभन्दा बढी सट्टाबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराएको आरोपमा प्रहरीले भक्तपुर नगरपालिका–१६ का सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ का अजय भेललाई पक्राउ गरेको हो। सुनिलको बैंक खाताबाट २करोड४५लाख७१हजार८९९रूपैयाँ र अजयको बैंक खाताबाट ६०लाख२९हजार९१५रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले बिहीबार काठमाडौंको टोखा चण्डेश्वरी बस्ने सुजन गौलीलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले बिहीबार विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेट लगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टका रुपमा पक्राउ परेका […]
अनलाइनमार्फत् सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।
काठमाडौंका...
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टावाजीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सट्टाबाजी खेल खेलाउने मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र खेल्ने विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने ४४ वर्षीय भुपेन्द्रकुमार साह रहेका छन् ।उनीहरूको साथबाट प्रहरीले २८ हजार ३२५ रुपैयाँ नगदका साथै सिद्धार्थ बैंक र लक्ष्मी बैंकको चेक र मोबाइल बरामद गरेको छ । दुई जनालाई मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार
काठमाडौं। हाल सञ्चालन भइरहेको युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको आरोपमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, सुरज टिवडेवाल, गोबिन्दप्रसाद आचार्य, अमरनाथ गुप्ता, भारत घर भएका अशोककुमार गुप्ता, राजेशकुमार अग्रवाल र सुचित डालमिया अग्रवाल छन्। उनीहरुमाथि अनलाइनमार्फत ठूलो रकमको बाजी राख्ने गरेको आरोप छ।
काठमाडौं। भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल) लगायतका खेलहरूमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रूपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजात समेत प्रहरीले बरामद गरेको छ।
काठमाडौं : भारतमा जारी आइपीएल लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ११ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।महानगरीय अपराध माहाशाखाको टोलीले ६ जना भारतीय नागरिकसहित ११ जनालाई सट्टाबाजीमा प्रयोग भएको मोवाइल र दुई लाख ९६ हजार नगदसहित पक्राउ गरेको हो। महाशाखाको टोलीले सट्टाबाजी खेलाउने काठमाडौं–३२ झोंछेबाट भारत हिमाञ्चल प्रदेशका ४६ वर्षीय शुसिल जेष्टालाई सुरुमा नियन्त्रणमा लिएपछि सट्टाबाजीको पोल खुलेको हो। प्रहरीले उनलाई खानतलासी गर्दा झोलामा सट्टाबाजीमा प्रयोग भएको दुई