वीरगञ्ज नाकाबाट निर्यात बढ्दै

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा छ प्रतिशतले वृद्धि भएको छ ।आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको तुलनामा चालु आवको सोही अवधिमा रु २८ अर्ब ४