कांग्रेस डडेल्धुराले हटायो बजारमा टाँसेका झण्डा

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले निर्वाचन आचारसंहिताको उल्लंघन गरेर बागबजार क्षेत्रमा टाँसेका झण्डा हटाएको छ।शनिबार थाहा खबरले ‘देउवाको गृह जिल्लामै कांग्रेसले गर्‍यो आचारसंहिताको उल्लंघन’ शीर्षकको ब्यानर समाचार प्रकाशित गरेको थियो। कांग्रेसले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँस्दै आचारसंहिताको उल्लंघन गरेर शनिबारसम्म बागबजार क्षेत्रलाई नै रङ्गीचङ्गी बनाएको थियो। समाचार प्रकाशित भएको दोस्रो दिन आइतबार कांग्रेस डडेल्धुराले झण्डा हटाएको हो।राजनीतिक द