काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वाम एकता मुलुकको आवश्यकता भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका शीर्ष नेताहरू एकताको पक्षमा नरहेको बताए ।
"मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो, तर वामपन्थी आन्दोलनका...