जसपा ‍‌‍औपचारिक फुट नजिक, भट्टराई पक्षले पनि तय गर्‍यो बैठकका एजेन्डा

सत्तारुढ जनता समाजवादी पार्टीको विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजनको सम्मुख पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।