इरानमा अफगान सरकारको प्रतिनिधि र तालिबानबीच भेटवार्ता

एजेन्सी। अफगानिस्तान सरकारको प्रतिनिधि र तालिबान लडाकूबीच इरानको तेहरानमा वार्ता भएको छ। इरानको विदेश मन्त्रालयले भेटवार्ताको पुष्टि गरेको हो। अमेरिकालगायत नेटो सेनाले अफगानिस्तान छोड्ने निर्णय गरेपछि अफगान सरकारी प्रतिनिधि र तालिबानबीच वार्ता भएको हो। पछिल्लो साता तालिबानले अफगानिस्तानका ५० भन्दा बढी जिल्लामा कब्जा जमाइसकेको छ। भेटवार्तापछि जारी विज्ञप्तिमा अफगान समस्याको समाधान युद्ध नभएको बताइएको छ।