ताप्लेजुङका मतदाता भन्छन्– अलैंचीको भाउ बढाउनेलाई भोट !

२८ कात्तिक, ताप्लेजुङ । सिङ्गो मुलुक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिइरहेका वेला ताप्लेजुङका मतदाता भने अलैंची बगानमा व्यस्त छन् । जिल्लाका उम्मेदवारहरु बगानमै पुगेर उनीहरुसँग भोट मागिररहेका भेटिन्छन् । गाउँमा आयोजना हुने चुनावीसभामा सहभागी निक्कै कम हुने भएपछि उम्मेदवारहरु धान खेत र अलैंची बगानमै पुगेर आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् …