निधारमा रंगियो सप्तरंगी टीका (फोटो फिचर)

काठमाडौं : भाइटीकाको दिन मात्र खोल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू बिहानैदेखि गई पूजा, दर्शन गरी टीका लगाइरहेका छन्।आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ।यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए।रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका लगाउन