गाउँपालिका कार्यालयअघि रित्ता गाग्री प्रदर्शन

बिहीबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा उनीहरूले रित्ता गाग्री र जर्किन प्रदर्शन गरेका हुन् । खानेपानीको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीय रमेश चलाउने बताउनुहुन्छ ।