सुनसरीको पालिकामा मास्क र साबुन वितरण, धरानमा कोरोना परीक्षण सुरु हुँदै

सुनसरीको गढी र देवानगञ्ज गाउँपालिकाको विभिन्न वडाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न वडाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुन पानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग भएकाले गढी ४ र देवनगञ्ज ४ नम्बर वडाले मास्क र साबुन वितरण गरेको हो ।