काठमाण्डाै - आज पुस १६ गते, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ । नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।
२०३३ सालको पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेता आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।
नेपालमा प्रजातान्त्रिक गतिविधि गरेको आरोपमा भारतमा निर्वासित हुनुपरेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी लगायत नेताहरुले गरेको व्यवहारप्रति असन्त...