रामग्राम स्तूप निजी क्षेत्रलाई दिइएकोमा सरोकारवालाको आपत्ति

नवलपरासी (पश्चिम), माघ १७ । बुद्धको एक मात्र सिङ्गो अस्थिधातु रहेको पश्चिम नवलपरासीको रामग्राममा समाधिस्थल बिना प्रतिस्पर्धा लिजमा दिने लुम्बिनी विकास कोषको निर्णयप्रति जिल्लामा रहेका सरोकारवालाहरुले ध्यानाकर्षणसहित आपत्ति जनाएका छन् । रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले गौतम रामग्राम स्तूप क्षेत्रको निजी कम्पनीलाई लिज (भाडा) मा दिएको विषयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । […]