काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

भूपराज बस्याल, काठमाडौं । नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । अक्सिजनको मात्रा कम देखिएपछि उहाँलाई आइतबार दिउँसो नर्भिक अस्पताल भर्ना गरिएको उहाँका सोकिय सचीव सुयोग चापागाईंले जानकारी दिनुभयो । शरीरमा केहि अप्ठ्यारो महसुस भएपछि अस्पताल गएर चेकजाँच गर्दा अक्सिजनको मात्रा कम देखिएको चापागाईंले जानकारी […]

सम्बन्धित सामग्री

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री प्रभु साहको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले एकैपटक देशैभरी १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण तथा वातावरणीय अध्ययन प्रक्रिया शुरु गर्न लागिएको हो । ‘स्मार्ट सिटी विकास आयोजनालाई विशेष आयोजनाको रुपमा […] The post १२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

‘अबको बजेट कोभिड प्रभावित उद्योग–व्यवसाय उकास्ने किसिमको आउनुपर्छ’

७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् । शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले […]

अनलाइनखबर

काङ्ग्रेस नेता गोपालमान श्रेष्ठ डिस्चार्ज

भूपराज बस्याल, काठमाडौ । स्वास्थ्यमा देखिएको समस्याका कारण फागुन १६ गते अस्पताल भर्ना हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ दस दिनको अस्पताल बसाइ पछि आज डिस्चार्ज हुनु भएको छ । काठमाडौको नर्भिक अस्पतालमा उपचार गराउनु भएका उहाँको स्वास्थ्यमा सुधार आएपछि डाक्टरको सल्लाहमा आज निवास फर्किनु भएको हो । शरीर कमजोर र साझमा […]

नेपाल समाचारपत्र

कांग्रेस नेता श्रेष्ठ अझै केही दिन अस्पतालमै रहने

भूपराज बस्याल, काठमाडौं । स्वास्थ्यमा देखिएको समस्याका कारण गत आइतबार अस्पताल भर्ना हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ अझै केही दिन अस्पतालमै रहनुहुने भएको छ । स्वास्थ्यमा क्रमिक सुधार आएपनि घर फर्किन भने अझै केही दिन लाग्ने श्रेष्ठको उपचारमा खटिनु भएका डाक्टर जेपी जैसवालले जानकारी दिनुभयो । काठमाडौको नर्भिक अस्पतालमा उपचार गराइरहनु […]

नेपाल समाचारपत्र

नेता श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगे सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पताल पुगेर नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । काँग्रेस संसदीय दलको बैठक सकिएपछि शुक्रबार साँझ देउवा श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । देउवाले श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभका कामना समेत गरेका थिए ।काँग्रेस संगठन विभाग प्रमुख समेत रहेका श्रेष्ठलाई सास फेर्न समस्या भएपछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।आइतबार सीसीयुमा राखेर उपचार गरिएपनि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

Ratopati

विप्लव र सरकारी टोलीबीचको वार्ता जारी, 'सहमति भए निलम्बन फुकुवा हुने'

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तेस्रो चरणको वार्ता शुरु भएको छ। सरकार र विप्लव समूहको वार्ता टोलीबीच तेस्रो चरणको वार्ता बिहीवार बिहान शुरु भएको हो। आजको वार्ता निकै सकारात्मक रुपमा अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले जानकारी दिए। वार्ताले सकारात्मक निष्कर्ष…

पहिलो पोस्ट

काँग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । नेपाली काँग्रेस नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन्।  उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागौले जानकारी दिए ।आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न  छन् । 

Ratopati

संवैधानिक इजलासको निर्णय स्वागतयोग्य : गोपालमान श्रेष्ठ

भूपराज बस्याल, काठमाडौ । नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले असंवैधानिक कदम विरुद्धमा सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ । एक वक्तव्य निकाल्दै संगठन प्रमुख श्रेष्ठले अदालतको ऐतिहासिक निर्णयले जनताद्वारा निर्वाचित संविधान सभाले बनाएको संविधानले मुर्तरुप लिएको महसुस गरेको बताउनु भएको छ । उक्त वक्तव्यमा […]

नेपाल समाचारपत्र

भारतबाट किनिएको कोरोनाविरुद्धको खोपको पहिलो खेप आज काठमाडौं ल्याइँदै

९ फागुन, काठमाडौं । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको हो । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ […]

अनलाइनखबर

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

Ratopati

बढुवा भएका नौ डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य हुनुहुन्छ । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी नायव महानिरीक्षकहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

Yug Darshan