सरकारी इमेल प्रयोग गर्न सचिवलाई मुख्यसचिवको निर्देशन

काठमाडौँ । मुख्य सचिव शंकरदास वैरागीले सचिवलाई सरकारी इमेल प्रयोग गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा बुधवार बसेको सचिव बैठकमा मुख्यसचिव वैरागीले सो निर्देशन दिएका हुन् । मुख्यसचिव वैरागीको अध्यक्षतामा सञ्चालित बैठकले वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न महत्त्वपूर्ण निर्णयसहित विगतका निर्णयहरू कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता […]

सम्बन्धित सामग्री

सरकारी विद्युतीय पत्राचार

सरकारी निकायबीच विद्युतीय माध्यमबाट चिठीपत्र, सूचना, निर्णय, कागजात तथा अन्य विवरण आदानप्रदान गरी छिटोछरितो निर्णय गर्न, सेवा प्रवाहमा सहजता ल्याउन, कागजको प्रयोगमा न्यूनता ल्याउन तथा सरकारी कामकारबाहीको अभिलेख सुरक्षित राख्‍नका लागि सरकारी इमेल सेवाको सुरु गरिएको हो । सुरुवाती चरणमा सरकारी इमेल सञ्चालनका लागि विद्युत्, इन्टरनेट, आवश्यक सर्भर तथा सुरक्षाका साधनका लागि लागत लाग्ने गरेकोमा हाल प्रत्येक इमेल ठेगानाका लागिसमेत खर्च लागेको देखिएको छ । इमेल ठेगानाका लागि खर्च भएअनुरूप सोको प्रयोग उल्लेख्य रूपमा हुनुपर्नेमा सोसमेत भएको नदेखिएको भनी हालै प्रकाशित भएको महालेखापरीक्षकको अन्ठाउनौँ वार्षिक प्रतिवेदनमा उल्लेख भएको देखिएकाले सरकारी इमेलको प्रयोगमा वृद्धि गर्न तथा इमेल ठेगाना बनाउन तथा सञ्चालनका लागि हाल लाग्दै आएको लागतलाई कम गर्न अवलम्बन गर्न सकिने उपायहरूका बारेमा चर्चा गर्न खोजिएको छ ।

७५ प्रतिशत सरकारी इमेल लग–इन नै भएनन्, प्रति इमेल १० हजार खर्च

सरकारी निकायमा कार्यरत कर्मचारीको लागि भनेर हजारौं इमेलको लाइसेन्स र सुरक्षामा वर्षेनी करोडौं खर्च भए पनि ति इमेलको उचित प्रयोग नभएको पाइएको छ । सरकारले आफ्ना कर्मचारीको लागि user@nepal.gov.np र user@office.gov.np प्रयोग गर्न भनेर २० हजार लाइसेन्स लिएको छ । उक्त इमेलको लाइसेन्स, सपोर्ट र सेक्युरिटीको लागि प्रति इमेल झन्डै वार्षिक झन्डै १० हजार रुपैया शुल्क तिरिरहेको छ ।  सरकारले २० हजार...

एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इ-मेल प्रयोग

काठमाडौं । इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ- सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल ...