विज्ञहरूलाई सरकारमा लैजान संविधान संशोधन

२००७ सालमा प्रजातन्त्रको स्थापना भएयता ७० वर्षमा पञ्चायती, प्रजातान्त्रिक र संघीय गणतन्त्रसम्म आइपुग्दा देशले विकास र प्रगतिको वास्तविक मुहार कस्तो हुन्छ देख्न सकेको छैन । जनताले महसूस गर्न सक्नेगरी जीवन पद्धतिमा परिवर्तन भएको छैन । तर, गरीब र धनीबीचको दूरी अझ बढेको छ । समाजमा अनुशासन र इमानदारी हराउँदै गएको छ । भ्रष्टाचार मौलाउँदै संस्थागत भएको छ । राजनीतिक दलका नेताहरू, तिनीहरूका आसेपासे, दलाल, भ्रष्ट व्यापारी र कर्मचारीहरूको जीवनशैलीमा ठूलो प्रगति भएको छ । कालोधन चुलिँदो छ र यसलाई व्यवस्थापन गर्ने नाममा केही नेताहरू र राज्य व्यवस्था नै वकालत गर्न थालेको छ । दण्डहीनताले प्रश्रय पाएको छ । राम्रो शिक्षा र स्वास्थ्य निमुखा जनताहरूको पहुँच बाहिर हुँदै गएको छ । शिक्षित र बौद्धिक वर्गहरू टुलुटुलु तमासा हेर्ने मूक प्राणी हुन पुगेका छन् । के हामी आम नेपालीले चाहेको गणतन्त्र वा परिवर्तन यही हो ? के हरेक नेपालीले यो संविधानलाई आत्मसात् गर्न सकेको छ ? के राज्य सञ्चालनको जिम्मा राजनीतिक पार्टी र तिनका नेताहरूको मात्रै हो ? देश सञ्चालन र बनाउने जिम्मा केही वर्गको मात्रै हो कि सम्पूर्ण नेपालीको हो ? गरीब वा धनी, नेता वा जनता, अनपढ वा शिक्षित, आस्तिक वा नास्तिक, पहाडे वा मधेशी सबैको होइन र ? यो संविधानले के सबैलाई बराबर मौका दिएको छ त ? ७० वर्षको समय सानो होइन । विश्वका धेरै मुलुकहरूले पछिल्लो १५–२० वर्षको अवधिमा राम्रै प्रगति गरेका छन् । भियतनाम, बंगलादेश, अजरबैजान, अर्मेनिया, तुर्कमेनिस्तान नाइजेरिया, इथियोपिया, रूवान्डा आदि यसका उदाहरण हुन् । यसको कारण हो ः त्यहाँको राजनीतिक पार्टीहरू र तिनका नेताहरूको राष्ट्र र राष्ट्रियताप्रतिको लगनशीलता र इमानदारी । हरेक राजनीतिक परिवर्तनपछि जनताले सुशासन र सुव्यवस्थाको परिकल्पना गरेका हुन्छन् । तर, हाम्रा नेताहरूको  अदूरदर्शी नीति र व्यक्तिगत राजनीतिक स्वार्थले गर्दा जनताको चाहनामा तुषारापात भइरहेको छ । बदलिँदो  विश्वको आर्थिक र सामरिक संरचनामा नेपालको वैदेशिक नीति र छिमेकीहरूको सम्बन्धमा हाम्रो राष्ट्रिय हित सर्वोपरि राखी हाम्रो नीति र नियमहरू पुनरवलोकन र परिभाषित गर्नुपर्नेछ । हाम्रो अखण्डता र स्वाभिमानलाई केन्द्रमा राखी उन्नति र समृद्धिका बाटाहरू खोज्नुपर्छ । हामी सबै समाजका हरेक तप्काबाट छिटो भन्दा छिटो देशको हितका लागि अगाडि आउनैपर्छ । वर्तमान संविधानमा भएका केही व्यवस्था परिवर्तन गरी सबै क्षेत्रका विद्वान्, शिक्षित र बौद्धिक वर्गलाई पनि अटाउने किसिमबाट संविधान संशोधन गर्नुपर्छ । राष्ट्रको प्रगति र समृद्धिका लागि यो अति आवश्यक छ । देशको भविष्यको खाका कोर्न सक्ने नै यो वर्ग हो । जुन वर्ग आजसम्म राज्यसंरचनाको र सञ्चालनको स्थानबाट बाहिर छन् । अबको आवश्यकता नै संविधानको उचित संशोधन हो । शिक्षित र प्रबुद्ध वर्गलाई राज्यसञ्चालनको स्थानसम्म पु¥याउने व्यवस्था यस संविधानमा हुनुपर्छ । सबै वर्गले राष्ट्रको हितमा काम गर्ने र साथै सञ्चालन गर्ने मौका पाउनुपर्छ । यसो भनिरहँदा जनाधार भएका पार्टीहरू र तिनका नेताहरूका साथै बौद्धिक र शिक्षित वर्गहरूको पनि प्रतिनिधित्व हुनेगरी संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्माण हुनुपर्छ । जनाधार भएका राजनीतिक पार्टीहरूको र तिनका नेताहरू प्रत्यक्ष चुनाबबाट चुनिएर प्रतिनिधिसभामा आउने र समानुपातिकबाट बराबर संख्यामा बौद्धिक राष्ट्रप्रेमी व्यक्तित्वहरू भूतपूर्व कर्मचारीहरू, भूतपूर्व सैनिक अधिकारीहरू,व्यापारी व्यवसायीहरू, कृषिका विज्ञहरू, भूतपूर्व न्यायाधीशहरू, डाक्टर, इन्जिनीयर, वकिल, प्राध्यापक, पत्रकार आदिको प्रतिनिधित्व गर्ने संस्थाहरूलाई प्रत्यक्ष समानुपातिक कोटाहरू उपलब्ध गराई प्रतिनिधिसभामा सम्मिलित गराउनुपर्छ । यसो गर्दा प्रतिनिधिसभामा राजनीतिक पृष्ठभूमि भएकाहरूको र विशेषज्ञहरूको समान संख्या र हैसियत हुन गई राज्य र राष्ट्रप्रति इमानदारीका साथ व्यवस्थापिका संसद् राम्ररी सञ्चालन हुनेछ । राजनीतिक, गैरराजनीतिक, बौद्धिक र शिक्षित वर्गहरू सबैले हातेमालो गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । अब देशको सम्पूर्ण जिम्मेवारी राजनीतिक दल र तिनका नेताहरूलाई मात्र सुम्पने अवस्था छैन । सबैको सहकार्य, समझदारी र प्रतिनिधित्व हुने प्रतिनिधिसभा, राष्ट्रियसभा र कार्यपालिकामा समुचित प्रतिनिधित्व हुनुपर्छ । यसरी समानुपातिकबाट आउनेहरूले आफूले जानेको, बुझेको र सिकेको कुराबाट देशको निम्ति आवश्यक नीतिनियम र ऐनकानून बनाउन सहयोग मिल्नेछ । २१औं शताब्दीमा बदलिँदो परिस्थितिको सही आकलन गरी संशोधित व्यवस्थापिका र कार्यपालिकाबाट उचित निर्णयहरू हुन गई छिमेकीहरूको सम्बन्ध, विश्व भूराजनीतिमा देखिएको नयाँ सम्भावनाहरू र देशको हितको स्वार्थलाई सर्वोपरि राखी राष्ट्रलाई आत्मनिर्भर र विकासशील राष्ट्रको बाटोमा अघि लैजाने बेला आएको छ । संघीय व्यवस्थापिकाका दुई सदनहरू प्रतिनिधिसभा र राष्ट्रिय सभामा समान प्रतिनिधित्व हुनेगरी संविधानको भाग ८ मा संशोधन गरिनुपर्छ । भाग–८ को धारा ८४ प्रतिनिधिसभाको गठनबारे १ को (क) लाई यथावत राखी (ख) मा संशोधन गरी – ‘सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी विभिन्न क्षेत्रमा बौद्धिकता हासिल गरेका व्यक्तित्वहरूको प्रतिनिधित्व गर्ने विभिन्न नेपाल सरकारको निकायहरूमा दर्ता भएका संघसंस्थाहरूबाट गरी १६५ जना सदस्यको समानुपातिक व्यवस्था हुने’ व्यवस्था गर्नुपर्छ । सोहीबमोजिम भाग ८ का अरू बुँदाहरूलाइ ८४ को (ख) बमोजिम हुने गरी संशोधन गर्ने र राष्ट्रिय सभामा पनि कुल संख्याको ५० प्रतिशत प्रतिनिधिसभाको समानुपातिककै व्यवस्थाअनुसार सदस्यको चयन  गरिनुपर्छ । यसरी चुनिएका समानुपातिकका सदस्यहरू र राष्ट्रियसभाका ५० प्रतिशत सदस्यहरूलाई राज्यबाट कुनै प्रकारको आर्थिक सुविधा उपलब्ध हुनेछैन र देशको लागि विशुद्ध सेवा भावले काम गर्नेछन् । संविधानका अरू बुँदाहरू पनि समयानुकूल परिमार्जन र संशोधन गर्नुपर्ने होला तर भाग ८ को बुँदाहरूलाई चाडो संशोधन गरेर सबैलाई समेट्न सकेमा राज्यले चाँडो मुहार फेर्नेछ । आम जनताले सुशासन र सुव्यवस्थाको परिकल्पना साकार भएको महसूस गर्ने छन् र गणतन्त्रको पनि सही प्रत्याभूति गर्न सक्ने छन् । लेखक इन्जिनीयर एवं मन्सिरी ट्रेडिङ इन्टरप्राइजेजका प्रबन्ध निर्देशक हुन् ।

सम्बन्धित सामग्री

समाजवादका लागि संविधान संशोधन

यस्तो व्यवस्था २०४७ सालको संविधान वा भारतीय संविधानमा राखिएको छ। केशवानन्द भारतीको मुद्दामा त संसद्लाई संविधान संशोधन गर्ने अधिकार असीमित नभै सीमित हुनेगरी व्याख्या भएको छ।...

संविधान संशोधन आवश्यक रहेको जनजाति महासंघको निष्कर्ष

कांग्रेस भ्रातृसंंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले संविधान संशोधन आवश्यक रहेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार र शनिबार चलेको सम्मेलनले संविधान संशोधन आवश्यक रहेकोसहित १७ बुँदे घोषणापत्र जारी...

तत्काल संविधान संशोधन गर्न डा. बाबुराम भट्टराईको माग

काठमाडौं : सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।त्यसका लागि तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागिपरेको दावी गरे।पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।अध्यक्ष भट्टराईले संव

संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ : भट्टराई

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी समेत गरे ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष भट्टरा

केपी ओलीका कारण संविधान संशोधन रोकियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् । महिला बालबालिका,मुस्लिम,मधेसवासीको हक,अधिकार सुनिश्चित गर्ने गरि आफूले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लगे पनि एमाले अध्यक्ष केपी ओलीले रोकेको उनले बताए । रौतहटको कटहरीयमा शनिबार आयोजित आमसभामा उनले केपी ओलीलाई मधेशी जनता विरोधी खलपात्रको रुपमा पनि व्याख्या गरे । उनले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी, महिला बालबाल

बाबुराम भट्टराईको प्रस्ताव–संविधान संशोधन गरौँ

जसपा नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् । सिरहाको गोलबजार–९ डण्डाटोलमा जसपाले आयोजना गरेको शुभकामना आदान...

भारतमा आरक्षणको नयाँ प्रावधान : ओबीसीका लागि संविधान संशोधन गर्दै मोदी सरकार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले ओबीसी समुदायको आरक्षणका लागि सोमवार संविधान संशोधन विधेयक लोकसभामा पेश गर्दैछ । ओबीसी समुदायसँग जोडिएको सूची तयार गर्ने अधिकार प्रदेश सरकारलाई समेत दिने गरी संविधान संशोधन हुन लागेको हो । हालै सर्वाेच्च अदालतले ओबीसी समुदायको आरक्षण सूची तयार गर्ने अधिकार केन्द्र सरकारलाई मात्रै रहेको फैसला गरेपछि संविधान संशोधन गर्न लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय संविधानमा १२७औं संशोधन गर्दै धारा ३४२ए(३) लागू गरिनेछ । जसअन्तर्गत प्रदेश सरकारको अधिकार थप...

अदालतले संविधान संशोधन गर्‍यो : ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निर्णयले संविधान संशोधन भएको बताएका छन्। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट विदाई सम्बोधन गर्दै ओलीले अदालतको आदेशले संविधानमाथि प्रहार भएको बताएका हुन्। संविधानको धारा ७६ (५) को व्याख्या प्रति असन्तुष्टि जनाउँदै ओलीले अदालतले संविधान संशोधन गरेको आरोप लगाएका हुन्।     दलीय…

संविधान संशोधन कार्यदल राष्ट्रघात हो : भीम रावल

काठमाडौं। एमालेबाट निष्काशित नेता भीम रावलले संविधान संशोधन गर्न गठित कार्यदल राष्ट्रघाती भएको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत भनेका छन्, “संविधान संशोधन कार्यदल राष्ट्रघात र जनघात हो। कामचलाउ प्रधानमन्त्रीको यो कार्य लोकतान्त्रिक मान्यता विरोधी र आम निर्वाचनमा जनताले दिएको जनादेशको विरुद्धमा छ।” उनले शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनले प्रधानमन्त्री ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी गरेका हुन्।

‘अदालतलाई संविधान संशोधन गर्ने अधिकार छैन’

अर्घाखाँची-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधन गर्ने नभएर संविधानको व्याख्या गर्ने मात्रै अधिकार रहेको बताएका छन् ।शनिबार अर्घाखाँचीको सन्धिखर्कमा नेकपा प्रचण्ड–नेपाल समूहद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीशको काम संविधानको व्याख्या गर्ने मात्र भएको र संविधान संशोधन गर्ने नभएको बताएका […]