काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत असोज २८ गतेदेखि सुरु भएको बैठक पटकपटक स्थगित हुँदै र चल्दै आएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयलाई लिएर मतभेद जारी छ । पार्टीको महाधिवेशन आगामी फागुन २१ […]
तनहुँ। व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन्। यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन्। दरै सामुदायिक घरबासका सञ्चालक आशा दरैले भने, “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन्। विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो। यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ।” […]
काठमाडौं । सशस्त्र प्रहरी बलमा ३ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक र एक जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी थप भएको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले सो बलको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण पुनरावलोकन गर्दै डीआईजी र एसएसपीको संख्या थप गर्ने निर्णय गरेको हो । अब सशस्त्र प्रहरी बलमा डीआईजीको संख्या २१ र एसएसपीको […]