सडक संजालमा जोडिँदै कालीकोटकाे पलाँता

कालीकोट : जिल्लाको दुर्गम पलाँता गाउँपालिका सडक संजालमा जोडिएको छ। कर्णाली करिडोरले छोएको पलाँतामा स्थानीयले ग्रामीण सडक निर्माण गरेपछि सडक संजालले छोएको हो।  गाउँपालिकाले आगामी दुई वर्षमा प्रत्येक वडामा मोटर बाटो पुर्‍याउने तयारीका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘सडक विकास...

सम्बन्धित सामग्री

दुई दशकपछि सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि

गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ । सडक विस्तार भएको २० वर्षपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका...

कालोपत्रे सडकसँग जोडिँदै विकट महाभारत गापा

काभ्रे : जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न करिब एक अर्ब बजेट विनियोजन भएको छ।महाभारत गापा अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गापा शीर्षकमा ९८ करोड ७४ लाख १७ हजार ३०८ रुपैयाँ विनियोजन भएको जानकारी दिए।अध्यक्ष जिम्बाले पिन्थलीदेखि देवीटारसम्म सडक खण्डको दूरी २५ किलोमिटर भएपनि उक्त बजेटले १७ किलोमिटर सडक कालोपत्रे हुने बताए। उनका अनुसार सो सडक खण्डको तीनखुट्टे–देवीटार सडक ख

सडक सञ्जालले छुँदैछ बाँकेका ग्रामीण बस्तीलाई

नेपालगञ्ज – बाँकेका गाम्रीण बस्ती नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै छन्। कुल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले एक सय १६ किलोमिटर सडक कालोपत्रे गरिएको छ। ग्रामीण बस्तीमा विकासका पूर्वाधार धमाधम बन्दैछन्। एसियाली विकास बैंकको करिब रु चार अर्बको सहयोगमा नेपालगञ्जमा सडक कालोपत्रे र नाला निर्माणले नजिकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिकियाएको […]

सडक सञ्जालले छुँदैछ बाँकेका ग्रामीण बस्तीलाई

बाँकेका ग्रामीण बस्ती नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै छन् । कुल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले एक सय १६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्रामीण बस्तीमा विकासका पूर्वाधार धमाधम बन्दैछन् । एसियाली विकास बैंकको करिब रु चार अर्बको सहयोगमा नेपालगञ्जमा सडक कालोपत्र र नाला निर्माणले नजिकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिकिएको छ । नेपालगञ्ज उपमहानगरको एकीकृत सहरी विकास आयोजनासँगै गाउँपालिकाबाट सञ्चालन भइरहेका सडक कालोपत्रले गति लिएपछि नेपालगञ्ज

भीमेश्वर नगरमा जोडिँदै स्मार्ट सडक बत्ती

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । भीमेश्वर नगरपालिका तथा नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिन लागेको हो । भीमेश्वर नगरपालिकाको ६० प्रतिशत तथा विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा नगरपालिकाको मुख्य सहरी क्षेत्र चरीकोटका विभिन्न भागमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत मानबहादुर खड्काले जानकारी दिए । अहिले ठेकेदारले पोल गाड्ने तथा तार तान्ने काम गरिरहेको उनले बताए । ठेक्का स्वीकृत रकमको ६० प्रतिशतस्वरूप भीमेश्वर नगरपालिकाको ५० लाख तथा विद्युत् प्राधिकरणको ४० प्रतिशत गरी ३३ लाख ३३ हजार रकम बेहोरेको भीमेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र चरीकोट सिमपानी मानेडाँडा, चरिघ्याङ, बीचबजार, नयाँ बसपार्क, पुरानो बजार, ध्यावपानी, सातडोबटेलगायत क्षेत्रका सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । करिब चार किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गर्न ४४ वटा पोल गाडिएको नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए । पोलमा २०० वाटका बत्ती  जडान गरिनेछ । सातडोबाटे चोक तथा पशुपति मन्दिर आसपासका एक–एक  पोलमा भने ६ वटा बत्ती जडान गरिने उनको भनाइ छ । बजार क्षेत्रभरि जडान गरिएका बत्तीको नियन्त्रण प्रणाली भने नगरपालिका तथा विद्युत् प्राधिकरण दोलखा शाखामा जडान गरिनेछ । नियन्त्रण प्रणालीबाटै कुनै बत्ति बत्ती बाल्ने तथा निभाउने सम्पूर्ण कार्य हुने भीमेश्वर नगरपालिकाले बताएको छ । स्मार्ट बत्ती जडानपछि बजार क्षेत्रमा राती हिँडडुल गर्न सहज हुनुका साथै बजारमा हुन सक्ने चोरी तथा अन्य अपराधजन्य घटनामा कमी आउनेछ ।

नयाँ ट्रयाकमार्फत् जोडिँदै चामेदेखि माथिल्लो मनाङ

भदौ ५, मनाङ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ ।   माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘मनाङको लाइफलाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ,’ सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने ।  तल्लो र माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिराले सडक  पूर्णरुपमा क्षति भएको छ ।  यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उनले बताए । माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मतपश्चात् यहाँ सहज यात्रा गर्न सकिने उनले बताए । ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ’, इञ्जिनीयर अधिकारीले भने ।  यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ । उहाँका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ ।  सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।  उनका अनुसार सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ । बेंसीशहर–चामे सडकअन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइसकिएको छ । त्यस्तै चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ । उक्त सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । तर पुनः गत असार १ गते आएको बाढीपहिराले मनाङका धेरै स्थानमा सडक पूर्णरुपमा क्षति भएका छन् । अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनीयर अधिकारीले जानकारी दिए ।  बाढीपहिराको क्षति पु¥याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो । बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ । सडकअन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ । रासस

लुम्बिनी प्रदेश: तराईसँग जोडिँदै पहाड

लुम्बिनी प्रदेश सरकारले प्रदेशका पहाडी जिल्ला जोड्ने प्रदेश लोकमार्ग रामपुर–कपुरकोट सडक (जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) प्रदेश गौरवको आयोजना तीव्र गतिमा अगाडि बढाइएको छ।...

तीन ठाउँबाट जोडिँदै सडक

भारतीय सीमा नाका जमुनाहा हुँदै चीन छुने सडकको २०७६ जेठ ७ गते शिलान्यास भयो । सडक शिलान्यास भएको ३ वर्ष नबित्दै दैलेखको ३ स्थानबाट सडक खोलिएका छन् ।

पक्की सडकले जोडिँदै पर्वतका गाउँ

पर्वत । पर्वतका सातै स्थानीय तहहरूको केन्द्र तथा मुख्य ग्रामीण क्षेत्र जोड्ने कच्ची सडक पक्की बनाउन थालिएको छ । जिल्लामा कच्ची सडक बाह्रैै महीना सञ्चालन हुनेगरी कालोपत्रको काम अघि बढाइएको हो । देश संघीयतामा गएसँगै बनेका तीनओटै सरकारले पालिका जोड्ने सडक र विभिन्न मुख्य ग्रामीण सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेका छन् । पूर्वाधार विकास कार्यलय पर्वतका प्रमुख कृष्ण आचार्यले संघ र प्रदेश सरकारले पर्वतमा रहेका मुख्य ग्रामीण सडक बाह्रै महीना सवारीसाधन सञ्चालनमा आउनेगरी स्तरोन्नति र कालोपत्र गर्ने काम अघि बढाएको बताए । आचार्यले जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका, पैयँु गाउँपालिका र महाशिला गाउँपालिका जोड्ने मुख्य सडकहरू वर्षभरि सञ्चालनमा ल्याउन कालोपत्र गर्ने काम अघि बढिरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा प्रदेश सरकारको सहयोगमा साना ठूला गरी आठ सडक योजनाको काम अघि बढेको छ, जसमा दोबिल्ला फलेवास सडक ४ करोडको लगानीमा कालोपत्रको काम भइरहेको छ । अस्पताल चोक–बञ्जीजम्प–हाइवे सडक ३४ लाख लागतमा साढे १ किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको छ । त्यस्तै १ करोड ५० लाख लागतमा हिलेखोला कार्किनेटा–खलडाँडा फलेवास–जैमुनीघाट सडक खण्डको साढे ५ किलोमिटर सडकमध्ये साढे ३ किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको छ । ५ करोडको लागतमा मिलनचोक सल्यान–घाहाखेत धारापानी– ठोटनेरी सडकको १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य भए पनि हाल पर्खाल, नाली निर्माण भइरहेको कार्यालयले बताएको छ । १२ किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको चिसापानी हातेमालो–त्रिवेणी वहाकी भञ्ज्याङ–पोखराचौर खहरेखोला सडकको बजेट करीब ९ करोड रहेको छ । यसबाट १३ किलोमिटर सडक कालोपत्र हुनेछ ।

राष्ट्रिय सडक सञ्जालमा जोडिँदै डोल्पा

हिमाली जिल्ला डोल्पा खण्ड-खण्डमा राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने