घरेलु कामदारमा सरकारको दोहोरो नीति

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई पठाउँदै आएको छ ।सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाएको हो । कामदारको सुरक्षा नभएका मुलुकहरूमा सरकारले घरेलु कामदारको रूपमा जान रोक लगाएको ५ वर्षभन्दा बढी भइसक्यो ।अन्यत्र घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको सरकारले जोर्डनमा भने सम

सम्बन्धित सामग्री

अहिलेको गठबन्धन भत्काउने कांग्रेसको नीति होइन

कतिपयले कांग्रेसले दोहोरो भूमिका खेलेको भन्दै आएका छन्, तर हामीले दोहोरो भूमिका खेलेका छैनौँ । केही साथीहरुले केही कुरामा अस्पष्टता देखिरहनु भएको छ । तर, अस्पष्टता देख्नुपर्ने कुनै कारण छैन । हाम्रो सबै कुरामा प्रष्ट धारणा छ । दोहोरो नीति पनि छैन । पहिलो कुरा त प्रधानमन्त्रीले वा सरकारले राखेको कुनै कुरामा समर्थन गर्दैमा सत्ता पक्ष भइँदैन । संसदीय प्रणाली र संसदीय अभ्यासलाई धेरै सङ्कुचितरुपमा बुझ्न आवश्यक छैन । यसलाई व्यापकरुपमा बुझ्नु पर्छ । त्यो भनेको के हो भने प्रमुख प्रतिपक्ष भनेको सरकारको गुण र दोषको आधारमा आफ्नो भूमिक...

प्रदेशमा कांग्रेसको दोहोरो नीति

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा माओवादी केन्द्रसँग दोहोरो नीति अपनाएको छ । दुई प्रदेशमा कांग्रेसले माओवादी केन्द्रका सभामुख उम्मेदवारविरुद्ध प्रतिस्पर्धा गरेको छ भने अन्य दुई प्रदेशमा उम्मेदवारी नदिई निर्विरोध निर्वाचित हुन सघाएको छ ।

ब्याजदर वृद्धिमा दोहोरो नीति लिएको आरोप

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धिलगायत उद्योगीलाई कालोसूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले भन्नुभयो– ‘एकातिर बैक तथा वित्तिय संस्थाहरूले उत्पादनमूलक उद्योगलाई ऋण प्रवाह नगर्ने र अर्कोतर्फ […]

अर्थतन्त्र जोगाउन दोहोरो नीति अवलम्बन गर्न परिसंघको सुझाव

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने जनाएको छ । परिसंघले मौद्रिक नीतिमा भएको व्यवस्थाले बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने उल्लेख गरेको छ । केन्द्रिय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो […]

'प्रधानसेनापति अस्ट्रेलियाको कार्यक्रममा सहभागि सम्बन्धी सरकारले जवाफ दिनुपर्छ'

कुरा के हो? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु।'...

गठबन्धनबारे एमालेको दोहोरो नीति : एक्लै लड्ने केन्द्रीय निर्णय, जिल्लामा तालमेल

प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि जिल्लामा भने तालमेलको ढोका खुला राख्ने भएको छ । आफ्नै शक्तिमा भर नहुनेले मात्र गठबन्धनको सहारा लिने प्रतिवेदन पारित...

दाहालको दोहोरो नीति

काठमाडौँ । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेलेको दोहोरो भूमिकालाई लिएर प्रश्न उठेको छ । दाहालले एकातिर एमसीसी सम्झौता यथास्थितिमा संसद्बाट अनुमोदन हुनै नसक्ने भन्दै आन्तरिक राजनीतिलाई तरंगित बनाइरहेका छन् भने अर्कातिर प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई पत्र लेख्दै अनुमोदनको प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा एमसीसीको डिपार्टमेन्ट […]

सरकारको दोहोरो नीतिले हिमाल आरोही नआउने जोखिम !

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ […]