सम्मान कार्यक्रम रोकेर विकास योजना बनाउन नगर प्रमुख खरेलकाे आग्रह

गुल्मी : मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले टीका खादा लगाएर नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्य रोक्न आग्रह गरेका छन्।अबको समय सबै मिलेर विकास निर्माण सम्बन्धी खाका कोर्न आग्रह गर्दै उनले समय खेर नफाल्न मुसिकोटका बासिन्दालाई आग्रह गरेका हुन्। निर्वाचित भएपश्चात विभिन्न संघ, संस्था र व्यक्तिहरुले सम्मान तथा बधाईका कार्यक्रमहरु राख्दा काम गर्ने समय पनि खेर जाने भन्दै खरेलले बधाई तथा सम्मानका कार्यक्रमहरुलाई रोक्न आग्रह गरेको बताए।एक हप्ताको समय बधाई तथा सम्मान ग्रहण गरेको भन्द