कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा किशोरको मृत्यु

जोशीपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

रुकुममा ट्रयाक्टर दुर्घटना, एक किशोरको मृत्यु

यहाँ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् । मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुम कोटतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।रा १ च ३२४५ नंको ट्रयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भए