सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसको नजर, बालुवाटार भेटमा देउवाले के भने ?

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस सांसदहरूले धौडधुप थालेका छन्। शनिबार सांसदहरूले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका छन्।कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारले सत्ता गठबन्धन अनुरुप काम नगरेको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन्। सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने उनीहरूको देउवासँग माग राखे