सामूहिक लगानी नियमावली तथा निर्देशिका दुई सातामा

सामूहिक लगानी (म्युचुअल फन्ड) नियमावली र पोर्टफोलियो लगानी निर्देशिका दुई हप्ताभित्र आउने भएको छ । ‘म्युचुअल फन्डसम्बन्धी नियमावली प्रक्रियामा रहेको धेरै भयो । तर, अब ढिलोमा एक हप्तामा अर्थमन्त्रालयबाट पास भएर आइपुग्छ,’ धितोपत्र बोर्डका अध्यक्ष डा. शूरवीर पौड्यालले बताए । आउँदो बजेटमा नै म्युचुअल फन्डका लगानीकर्तालाई ५० हजारसम्मको आम्दानीमा आयकर छुटको व्यवस्था पनि गर्न लागिएको पौड्यालले बताए । म्युचुअल फन्ड सम्बन्धी नियमावली आएपछि लगानी व्यवस्थापन कम्पनीले बोर्डबाट अनुमति लिने बाटो खुल्छ । पर्याप्त ज्ञान नभएका र विश्लेषण गरेर लगानी गर्न नसक्ने साना लगानीकर्ताले यस्ता कम्पनीमार्फत पुँजी बजार तथा वित्तीय उपकरणहरूमा लगानी गर्न सक्छन् । यो नियमावली ल्याउने तयारी एक वर्षदेखि अघिदेखि भएको हो । म्युचुअल फन्डसम्बन्धी काम गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम रू. १० करोड हुनुपर्नेछ । यस्तो कम्पनीले विशेष गरेर साना लगानीकर्ताबाट रकम संकलन गर्ने भएकाले सर्वसाधारणका हितमा काम गर्नुपर्छ । त्यसैले नियमावलीमार्फत यी कम्पनीको जिम्मेवारी रू. ५० करोडभन्दा बढी चुक्ता पुँजी भएका बैंक तथा वित्तीय संस्थाले लिनुपर्ने व्यवस्था गर्न लागिएको बोर्ड सुपरिवेक्षण विभागका निर्देशक निरज गिरीले बताए । पोर्टफोलियो लगानी सम्बन्धी निर्देशिका पनि छिट्टै लागू हुनेछ । धितोपत्र बोर्डअन्तर्गतको  कानुन तथा प्रबलीकरण समितिले अन्तिम स्वरूप तयार पारेर एक हप्ताभित्र यो निर्देशिका जारी गर्ने अध्यक्ष पौड्यालले बताए । वर्ष ५, अंक ४३, २०६७, असार १४–२०

सम्बन्धित सामग्री

लघुबीमाको लाइसेन्स दिन बीमा समितिले ल्यायो निर्देशिका

काठमाडौँ । बीमा समितिले लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैठकबाट लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेको छ । ३१ साउनमा बसेको समिति सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको हो । बीमा समितिले लघुबीमा सम्बन्धी निर्देशिका ल्याएसँगै अब लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो […]

बीमा निर्देशिका खारेज गर्न महासंघको एक हप्ते अल्टिमेटम

नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरूले बीमा निर्देशिका—२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । यही असार १५ गते सम्म बीमा निर्देशिका—२०७८ खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ । सरोकारवालाहरूको सहभागितामा नयाँ निर्देशिका जारी नभए विगतको भन्दा सशक्त अन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । महासंघ सहित स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै बीमा निर्देशिका—२०७८ ख

वन्यजन्तु विनास रोक्न निर्देशिका

मन्त्रिपरिषद्ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका बनाउन स्वीकृत गर्ने निर्णय गरेसँगै पूर्वाधारका कारण वन्यजन्तुको क्षति नहुने विश्वास लिइएको छ । संरक्षित क्षेत्र आसपासमा बनेका अव्यवस्थित पूर्वाधारका कारण विश्वमा नै लोपोन्मुख बन्दै गइरहको वन्यजन्तुको विनास हुने, दुर्घटनाबाट क्षति बढ्दै जान थालेपछि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका बनाइएको हो ।निर्देशिका कार्यान्वयन भएपछि वन्यजन्तु संरक्षण गर्न, वन्यजन्तुको बासस्थानको संरक्षण, आवतजावतमा […]

गोलाप्रथा लागु गर्न निर्देशिका संशोधनमा छलफल

गोलाप्रथाबाट पेसी तोक्न सर्वोच्च अदालतको निर्देशिका र नियमावली संशोधन गर्नुपर्छ। निर्देशिका र नियमावली संशोधनका लागि फुलकोर्ट बैठकले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ।...

दुर्घटना बीमालाई छुट्टै निर्देशिका जारी

दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो ।समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ । समितिले नि

दुर्घटना बीमाका लागि छुट्टै निर्देशिका, यस्तो छ व्यवस्था

दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । कम्पनीहरूले समितिबाट छुट्टै स्वीकृति लिएर तथा अन्य पोलिसीमा जोडेर दुर्घटना बीमाको कारोबार गर्दै आएका थिए । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो । समितिका सूचना अधिकारी निर्मल अधिकारीले दुर्घटना बीमासम्बन्धी पहिलो पटक निर्देशिका जारी गर...

सरकारी वेबसाइट व्यवस्थापन गर्न नयाँ निर्देशिका

१६ भदौ, काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरेको हो । निर्देशिकाले सरकारी वेबसाइटले प्रचलित कानुन बमोजिम गोपनियता राख्नुपर्ने व्यवस्था गरेको छ । कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर […]

जारी भएको भोलिपल्टै किन भयो निर्देशिका संशोधन

बीमा समितिले जीवन बीमालेखसम्बन्धी जारी गरेको निर्देशिका २४ घण्टाभित्रै संशोधन गरेको छ । समितिले गत बुधवार जीवन बीमालेखसम्बन्धी पहिलोपटक निर्देशिका जारी गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् बिहीवार नै समितिले उक्त निर्देशिका संशोधन गरेको हो । निर्देशिका संशोधन गर्दै समितिले बीमालेख रद्द तथा फिर्ता गर्न पाउने व्यवस्था खारेज गरेको छ । निर्देशिकाको दफा–२१ मा बीमालेख जारी भएको ३० दिनभित्र फिर्ता अर्थात् रद्द गर्न पाउनुपर्ने व्यवस्था गरिएको थियो । बीमा गर्ने व्यक्ति (बीमित) ले कम्पनीमा लिखित अनुरोध गरेमा बीमाशुल्कबापतको स...

जारी भएको भोलिपल्टै निर्देशिका संशोधन

काठमाडौं, असार २७ । बीमा समितिले जीवन बीमालेखसम्बन्धी जारी गरेको निर्देशिका २४ घण्टाभित्रै संशोधन गरेको छ । समितिले गत बुधवार जीवन बीमालेखसम्बन्धी पहिलोपटक निर्देशिका जारी गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् बिहीवार नै समितिले उक्त निर्देशिका संशोधन गरेको हो । निर्देशिका संशोधन गर्दै समितिले बीमालेख रद्द तथा फिर्ता गर्न पाउने व्यवस्था खारेज गरेको छ । […]

जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

काठमाडौं, असार २४ । बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो । समितिले बुधवार जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । त्यो बुधवारदेखि नै लागू भएको समितिको भनाइ छ । निर्देशिकाले जीवन […]