माधवलाई ओलीको कटाक्ष– यस्तालाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ ?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई प्रचण्डको मामुली कार्यकर्ताको संज्ञा दिँदै आफूले प्रधानमन्त्रीको अफर कहिल्यै नगरेको बताएका छन् ।  नेता नेपालले झूटको खेती गरेको आरोप ओलीले लगाए ।  मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल प्रचण्डको पुच्छर बनेर हिँडेको आरोप लगाए ।  ‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव मैले राखेँ रे, मलाई राखे मैले मानिनँ रे, देउवाप्रति यति निष्ठा छ, देशलाई धोका दिन्छु, पार्टीलाई धोका...