काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । देशका आधाभन्दा धेरै जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ । […]