राष्ट्रिय बीमा संस्थान ५६औं वर्षमा प्रवेश : प्रतिस्पर्धी क्षमतासहित अघि बढ्न सुझाव

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६औं वर्षमा प्रवेश गरेको छ । बिहीवार संस्थान परिसरमा आयोजित ५६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राजस्वसचिव डा. रामप्रसाद घिमिरेले प्रतिस्पर्धी क्षमता हासिल गर्दै अघि बढ्न संस्थानलाई सुझाव दिए । ‘बीमा संस्थानले लामो इतिहास बोकेको छ । अहिलेको अवस्थामा संस्थान एक्लो छैन, प्रतिस्पर्धी बढेका छन्,’ उनले भने । अब संस्थानले पनि आफूलाई अब्बल बनाउँदै अघि बढ्नुपर्छ ।’ बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको समेत राजस्व सचिव घिमिरेले बताए । अहिले बीमा क्षेत्रमा नयाँ नयाँ जोखिमका प्रकारहरू आएको उनले औंल्याए । ‘यसलाई समयमै बुझ्न र पहिचान गर्न सकेनौं भने हामी अगाडि बढ्न सक्दैनौं,’ उनले भने । बीमा गर्नेको ठूलो संख्या रहेको भन्दै उनले त्यो तथ्यांक व्यवस्थित र सुरक्षित रूपमा राख्ने चुनौती रहेको बताए । बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले संस्थान नेपालको वित्तीय क्षेत्रकै धरोहर भएको भन्दै बीमा बजारमा मानव संसाधन उत्पादनदेखि बजारीकरणमा समेत यसले योगदान पुर्‍याएको बताए । संकटका बेला सहयोग गर्ने सरकारी संस्था नै भएको उनले बताए । संस्थानको लामो समयदेखिको लेखापरीक्षणको समस्या सुल्झाउन प्राधिकरण तयार रहेको उनको भनाइ थियो । संस्थानका अध्यक्ष ईश्वर पौडेलले संस्थानका समस्या र चुनौतीको समाधान गर्दै अघि बढ्ने बताए । सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रूपमा पहिचान बनाउन सफल भएको उनले बताए । यसैगरी संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थान स्थापनाको ५६औं वर्षमा प्रवेश गरिरहँदा मुलुकमा स्थापित जीवन बीमा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचान थप मजबूत बनाउँदै लगेको बताए । चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमांकीय मूल्यांकन सम्पन्न भइसकेको अवधिको साधारणसभा सम्पन्न गरिने जानकारी उनले दिए । साथै बाँकी अवधिका लेखापरीक्षण र बीमांकीय मूल्यांकन कार्य सम्पन्न गर्ने संस्थानको कार्ययोजना रहेको उनले बताए । संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी वृद्घि गर्ने, तोकिएको समयावधिभित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने पनि संस्थानको योजना रहेको उनले बताए । राष्ट्रिय बीमा संस्थान पेशागत अभिकर्ता संघका अध्यक्ष शम्भु ढुंगानाले अभिकर्ताले बीमा संकलन गरेर नै बीमा क्षेत्र फस्टाउने भन्दै अभिकर्ता बीमा क्षेत्रका महत्त्वपूर्ण खम्बा भएको बताए । २०२४ साल १ गते स्थापना भई फागुन ११ गतेदेखि संस्थानले व्यावसायिक कारोबार शुरू गरेको थियो । यसैबीच, वार्षिकोत्सव समारोहमा संस्थानमा कार्यरत अभिकर्तामध्ये १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरिएको छ । संस्थानले सर्वोत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ता हरिशरण शिवाकोटीका साथै मनकुमार रेग्मी, राजन रिमाल, शान्ति महर्जन, नारायणप्रसाद गिरी, गजेन्द्र ठाकुर, वीरेन्द्रबहादुर शंकर, धर्मराज जोशी, बद्रीप्रसाद उप्रेती र कान्छा थापा क्षेत्रीलाई सम्मान गरेको हो । संस्थानले देशभरमा रहेका शाखा कार्यालयहरूमध्ये उत्कृष्ट काम कारबाही गर्दै आएका चारओटा शाखा कार्यालयलाई समेत सम्मान गरेको छ । सम्मानित हुने शाखाहरूमा काठमाडौं उपत्यकामा लगनखेल शाखाका साथै उपत्यका बाहिरबाट नारायणगढ, पोखरा र बुटवल शाखा छन् । यसैगरी संस्थानले ६ जना उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय बीमा संस्थान बन्यो कम्पनी, १ वर्षभित्र आईपीओ आउने

सरकारको शतप्रतिशत लगानीको राष्ट्रिय बीमा संस्थान नयाँ कानुनअनुसार कम्पनीमा रुपान्तरण भई बीमकको अनुमति प्राप्त गरेको छ । अब उसले १२ वर्षदेखि नभएको लेखापरीक्षण ६ महिनाभित्र सक्नुपर्नेछ ।

पब्लिक कम्पनीमा परिणत भयो राष्ट्रिय बीमा संस्थान

काठमाडौं । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा संस्थान कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीकोे रूपमा दर्ता भएको हो ।  सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनका लागि कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको थियो । हाल कायम चुक्ता पूँजीको आधारमा कम्पनीमा जान मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएसँगै संस्थानले प्रक्रिया अघि बढाएको थियो । लामो समयदेखि पूँजी वृद्धिका लागि संस्थानले पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन चाहिरहेको अवस्थामा सरकारी पूर्ण स्वामित्वका कारण प्रक्रिया लम्बिएको थियो । संस्थानले हाल कायम ५० करोड रुपैयाँ अधिकृत पूँजी र १८ करोड १० लाख चुक्ता पूँजी संरचना कायम राखी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।  बीमा कम्पनीहरूमा यतिबेला पूँजी वृद्धिको दबाब जारी छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमाका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न दबाब दिइरहेको अवस्थामा पब्लिक लिमिटेडमा परिणत भइसकेको संस्थानलाई समेत पूँजीको दबाब कायमै रहनेछ ।  अब राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ जारी गरी १ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने योजना अघि सारेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्न कम्पनीलाई केही समय लाग्ने देखिन्छ । कम्पनीको आईपीओका लागि सेवा निवृत्त कर्मचारीहरूले पनि दाबी गरेको अवस्थामा विवाद बढ्ने सम्भावना रहेकाले आईपीओ निष्कासन प्रक्रिया लम्बिने आशंका कम्पनीले गरेको हो । पब्लिक कम्पनीको प्रक्रिया पूरा गरिसकेको अवस्थामा अब सर्वसाधारणमा आईपीओ निष्कासन प्रक्रियाका लागि आवश्यक कामलाई निरन्तरता दिने जानकारी कम्पनीले दिएको छ । पब्लिक लिमिटेड कम्पनीमा परिणत भएसँगै बसेको पहिलो बैठकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी महेश रिमाललाई दिइएको छ । रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए । संस्थानको प्रशासकका रूपमा कविराज पाठकले जिम्मेवारी सम्हालेका थिए । संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्दासम्म पाठकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै प्रशासक पाठक भने बाहिरिएको जानकारी कम्पनीले दिएको छ ।

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेडमा रुपान्तरण

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बीमा कम्पनीहरु बीमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बीमा संस्थान बीमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ । तर, आइतबारको प्रतिनिधिसभाको बैठकले सो बीमा विधेयक खारेज गर्दै बीमा विधेयक, २०

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक-२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक-२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ ।

राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक लिमिटेडमा परिणत हुने

२९ साउन, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ । आइतबारको प्रतिनिधिसभा बैंठकले बीमा विधेयक–२०७९ बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै […]

बामे सर्दै बीमा संस्कार : आस कम, त्रास बढी

बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेपाल, राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पाेरेसनका बीमितले सबैभन्दा बढी बीमा सरेन्डर गरेको पाइएको छ । यसरी उच्चदरमा पोलिसी अस्वीकार्य हुनुलाई बिमा क्षेत्रमा राम्रो मानिँदैन ।

‘खल्ती’ र राष्ट्रिय बीमा संस्थान बीच बीमा प्रिमियम भुक्तानी सम्बन्धि सहकार्य

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गर्ने संझौता गरेको छ । खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् ।उपभोक्ताले बीमा तिर्न खल्ती एपको प्रयोग गरेर राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ । त्यसपछि मागिएको विवरण भरि प्रिमियम […]

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटीएम सञ्चालन

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समिति सदस्य प्रकाशकुमार अधिकारीले एटीएम बुथको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, […]

राष्ट्रिय बीमा संस्थान ५५ औं वर्षमा प्रवेश

काठमाडौं, फागुन ११ । पूर्ण सरकारी स्वामित्वको बिमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रतिष्पर्धी बीमा बजारमा माग र समय सुहाउँदा नयाँ वस्तु, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिष्पर्धी संस्था बनाउन सुझाव दिनुभयो । यस्तै, […]

नेपाल बैंक र राष्ट्रिय बीमा संस्थान बीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

मंसिर १५, काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान बिच राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुलाई बिना धितो रू. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहा कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ । नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा बुधवार उक्त सम्झौता सम्पन्न भएको छ ।   नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय बीमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थान बिच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरे ।