पाटीपौवामा पसल

ललितपुरको पुल्चोकस्थित दुई सय वर्षभन्दा पुरानो समय् फल्चा (पाटी) को गत भदौमा पुनर्निर्माण सुरु भयो । २०२९ सालमा भत्काइएको उक्त फल्चाको पुनर्निर्माण लामो मुद्दामामिलापछि सुरु भएको हो ।यससँगै ललितपुर महानगरले अन्य फल्चाको संरक्षण पनि सुरु गरेको छ ।